काठमाडौं । गैर आवासीय नेपाली संघबीच एक भएर अघि बढ्ने सहमति भएको छ । आज (असार ३ गते) उच्च स्तरिय वार्ता समिति एवम् कार्यदलका सदस्य
डीबी क्षेत्री र जानकी गुरुङबीच सो सहमति भएको हो । सहमतिमा उपस्थितहरूका रुपमा डा.बद्री केसी, विनोद कुवर र आर के शर्माले समेत हस्ताक्षर गरेका छन् ।
गैर आवासीय नेपाली संघको १० औं महाधिबेशन एकताको महाधिवेशन हुन नसकेको यर्थाथलाई दुवै पक्षले स्वीकार गर्दै संघलाई सबैको अपनत्व रहने गरी एक साझा संस्थाको रूपमा अगाडि बढाउनका लागि संघको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा सम्पन्न गर्ने संकल्प गर्दै सहमति, सहकार्य र एकताका लागि देहाय अनुसारको सहमति गरिएको दुवैपक्षको सहमतिमा उल्लेख छ ।


