Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

यतिखेर नेपाली टिन सुन्दरी अनमोल शर्मा क्याम्बोडियाको नोम पेनमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछिन् । ग्लोबल टिन सुन्दरीहरु संग अनमोल शर्मा यतिखेर मिस छिन इन्टरनेसनल २०२३का लागि प्रतिस्पर्धा गरिरहेकी छिन् । यस अघि एभरेष्ट इभेन्ट्सको आयोजनामा संचालन भएको मिस टिन इन्टरनेसनल २०२३ को उपाधि जितेपछि अनमोलले पाँचौं संस्करणको मिस टिन इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् ।
१५ जून देखि २४ जून सम्म संचालन हुने यो प्रतियोगिता सहभागि भएकी अनमोल काठमाडौं निवासी हुन् भने उनी प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कूलमा अध्ययनरत छिन् । मिस टिन इन्टरनेसनल भारतीय व्यवसायी निखिल आनन्द प्रमुख रहेको ग्ल्यामानन्द इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजना संचालन हुँदै आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय