Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

फेसनप्रति आम मानिसहरुको झुकाव, फेसन शिक्षाको बहुआयामिकता र फराकिलो व्यवसायिक परिधिको उपस्थितिका कारण नेपाली परिवेशमा पनि व्यवसायिक फेसन शिक्षा प्राप्त फेसन डिजाइनरहरुको उत्पादन र बजारमा उनीहरुको माग बढ्दो छ । फेसन डिजाइनिङ शिक्षाको अध्ययन र अध्यापनका लागि आवश्यक पर्ने पाठ्य सामाग्रीको उपलब्धता अझै पनि सहज बन्न नसकेको एउटा पनि यथार्थ पनि छ । यही यथार्थमा सबन्धीत रहेर हालै मात्र कपडा तथा फेसन शिक्षाबारे लेखिएको पुस्तक एन इन्ट्रडक्सन टू टेक्सटायल केमेस्ट्री नामक पुस्तक सार्वजनिक गरिएको छ ।
टेक्सटायल केमेस्ट्री इन्जिनियर समेत रहेका नमूना कलेज अफ फेसन टेक्नोलजीमा टेक्सटाइल तथा गार्मेन्ट टेक्नोलजी मर्चेन्डाइजिङ विभागका प्रमुख राजेन्द« सिंहद्वारा लेखिएको उक्त पुस्तक नमूना कलेजमै आयोजना गरिएको एक कार्यक्रमकावीच विमोचन गरिएको हो । सो पुस्तकको नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी तथा नमूना कलेजका सस्थापक प्रिन्सीपल ज्ञानी शोभा तुलाधरले संयुक्त रुपमा विमोचन गरेका थिए । उक्त पुस्तकले नेपालमा कपडा उद्योग र फेसन शिक्षाका लागि सहयोगि भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।

उक्त पुस्तक विमोचन कार्यक्रममा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पा, निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष दुर्गा विक्रम थापा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजय सिंह कार्की तथा वरिष्ठ इन्जिनियर एवं उद्यमी बदन न्याँछ्योंको आतिथ्यता रहेको थियो । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सन् २००२ मा स्थापना भएको नमूना कलेज फेसन डिजाइनिङमा तीन वर्षे स्नातक पढाई प्रारम्भ गरेको पहिलो कलेज हो । सन् २०१६ देखि कलेजले ब्याचर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्ट अन्तर्गत चार वर्षको फेसन डिजाइनिङमा स्नातक तहको पढाई अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय