Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं,राजधानीमा मोडल सङ्स नेपालको आयोजनामा ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ’मोडल सङ्स अवार्ड २०२०’ एक भव्य समारोहका बिच सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ’मोडल सङ्स अवार्ड’को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा बेस्ट सिङ्गर अफ दी ईयर– नेशनल सङ्ग (कालापानी ) बाट बिनोद ढकाल, बेस्ट एक्टर – फिल्म (विर बहादुर दंग पर्छ ) बाट शितल केसी, ’बेस्ट डेब्यु मेल मोडल ( परदेशीको कर्म ) बाट प्रदीपराज वन्त पुरस्कृत भएका थिए ।
यसैगरी बेस्ट फेशन कोरियोग्राफर अवार्डबाट कोरियोग्राफर रोजिन शाक्य, नेपाल्स नम्बर वान ब्युटी सलु्नबाट फेसियल हाउस, बेस्ट ईन्टरनेशनल एचिभर – टाईटल विनर बाट ड्रीम सर्च एजेन्सीका लागि कमल निकोन क्षेत्री, बेस्ट फोटोग्राफरबाट बिन्द्र प्रजापति, बेस्ट म्युजिक कम्पोजर– मेल (सुस्तरी सुस्तरी) बाट सरगम राई, बेस्ट मिडिया पर्सन अफ दी ईयर बाट राजेन्द्र लुईटेल (राज), बेस्ट फेशन फोटोग्राफर अफ दी ईयरबाट कुबेर तामाङ्ग पुरस्कृत भएका थिए ।
उक्त अवार्ड कार्यक्रममा बेस्ट ब्युटी पेजेन्ट वीनरमा (मिस भ्याली आईकन,२०१९) बाट निशा लिम्बू, बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनीका लागि क्वेस्ट ईभेन्ट मेनेजमेन्ट प्रा.लि., बेस्ट ईभेन्ट डिरेक्टर – मेल बाट मोनित महर्जन, बेस्ट युनिक ईभेन्ट बाट मिस्टर दारी २०१९, बेस्ट नोवेल २०२० बाट प्रेम सरोवरका लागि दुर्गा काफ्ले, बेस्ट लिरिसिस्ट– मोडर्न (परदेशी आयो) बाट प्रकाश सापकोटा, बेस्ट खलपात्र – फिल्म (विर बहादुर दंग पर्छ) बाट त्रिबिक्रम सिंह राणा, बेस्ट फिमेल लिरिसिस्ट मोडर्न (फूल झैं फूलेको जिन्दगी) बाट सावित्रा चिलुवाल, बेस्ट क्लासिकल सिङ्गर
(म मरिसकेपछि) बाट दिनेश गौतम, बेस्ट ईन्टरटेन्मेन्ट बिजनेश (ईभेन्ट) बाट उत्सव जंग थापा, बेस्ट सिङ्गर अफ दी ईयर – पप (मिलन खोज्ने यी नयन) बाट मिस्टर म्याक्स नेपाल र बेस्ट आर्ट एण्ड लिटरेचरबाट नारायण रेग्मीलाई अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय