Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’, ‘ड्रेस टु इम्प्रेस’ सिजन थ्रीको तयारीमा जुटेको छ । प्रतिस्पर्धात्मक रुपमा संचालन हुने उक्त फेसन शोमा आईआईएफटीको बागबजार तथा मानभवनस्थित शाखामा अध्ययनरत विद्यार्थी डिजाइनरहरुको सहभागिता रहनेछ । सय भन्दा डिजाइनरहरुको सहभागिता रहने सो प्रतिस्पर्धात्मक फेसन शोमा डिजाइनरहरु आफूले तयार पारेका पहिरनमा आफैं मोडलका रुपमा रनवेमा प्रस्तुत हुने छन् । आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’मा आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्ष पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमको प्रि–जर्जिङ राउण्ड चैत्र ७ गते हुने बताइएको छ । ‘ड्रेस टु इम्प्रेस’ आगामी चैत्र १३ गते पुल्चोकस्थित याक प्यालेसमा संचालन गरिनेछ ।
आईआईएफटीले हालैमात्र ड्रिम सर्च एजेन्सीको आयोजनामा सम्पन्न भएको फेसनफेयर अवार्ड २०२० मा ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’को अवार्ड जित्न सफल भएको थियो । पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने ‘ड्रेस टु इम्प्रेस’का लागि कोरियोग्राफर विपना थापाले प्रशिक्षण दिने भएकी छन् । उनले प्रतिस्पर्धी डिजाइनरहरुलाई शोमा प्रस्तुत हुन अगाडि तयारीका लागि प्रशिक्षण दिनेछिन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले क्रमशः ‘ड्रेस टु इम्प्रेस’को पहिलो तथा दोस्रो संस्करणमा उत्कृष्ट डिजाइनरको अवार्ड जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय