Thursday 18 June 2026 / शुक्रबार, ५ असार २०८३

मान्म, कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको थियो । तर प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

एक जना मेडिकल अधिकृतसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको सरुवा रोग अस्पताल सञ्चालन गर्न बजेट माग गर्ने विषयमा कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय समक्ष अनुरोध गर्ने कार्यालयका अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो ।

“सर्वदलीय र सर्वपक्षीय वैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल वजेट बिनियोजन गर्न माग गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षमा बजेट व्यवस्था नहुँदा समस्या हुने भएको हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय