Thursday 18 June 2026 / शुक्रबार, ५ असार २०८३

झापाः गर्मी र वर्षासँगै झापामा डेङ्ग रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालय झापाले साउनका दिनमा १२ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको तथ्याङ्क सार्वजनिक गरेसँगै डेंगीको सङ्क्रमण बढेको पुष्टि भएको हो ।

कार्यालयका अनुसार साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगी सङ्क्रमण देखिएको हो। स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्यांक अधिकृत चूडामणि लुइँटेलले सङ्क्रमितमध्ये ६ जना अस्पताल भर्ना भएको बताए ।

झापामा डेंगी सङ्क्रमणबाट अघिल्लो वर्षको असोजमा दुई जनाको मृत्यु भएको थियो । जसमा स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भद्रपुर नगरपालिका–७ सरस्वतीटोलका ५७ वर्षीय शशीकुमार भट्टराईको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो ।

त्यस्तै, बिर्तामोड नगरपालिका–३ की ५२ वर्षीया निशा क्षेत्रीको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी काठमाडौंको सरस्वती क्याम्पसको लाइब्रेरी शाखामा कार्यरत थिइन् ।

यद्यपि, डेंगीबाट यो वर्ष झापामा हालसम्म कसैले ज्यान गुमाउनु नपरेको स्वास्थ कार्यालय जनाएको छ । कार्यालयले सबैलाई सचेत र सतर्क रहन भनेको छ । डेंगी सङ्क्रमण असारदेखि कात्तिक महिनासम्म बढी हुने समय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय