Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

एसके इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना गरिंदै आएको मिसेस् तामाङ प्रतियोगिता सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको फाइनल प्रतिस्पर्धामा सरिता तामाङले मिसेस् तामाङ २०२३ को ताज पहिरिन सफल भएकी छिन् । विजेताको ताज पहिरिनुको अलावा सरिताले पब्लिक च्वाइस, भ्युअर्स च्वाइस, फोटोजेनिक तथा लिडरशीप विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् । तामाङ समुदायको साँस्कृतिक परिवेशमा सम्पन्न सो प्रतियोगितामा दुर्गा तामाङ फस्ट रनर अप बनिन् । उनले पपुलर र इन्टेलिजेन्ट विधाको अवार्ड पनि जित्न सफल भइन् ।

यसैगरी सेकेन्ड रनर अप सुश्मिता तामाङ विजयी भइन् भने उनले फ्रेन्डशीप विधाको अवार्ड पनि जितिन् । थर्ड रनर अप तर्फ मिना योक्सो तामाङ विजेता भइन् भने उनी कन्फिडेन्ट विधाको पनि हकदार बनिन् । फोर्थ रनर अप तर्फ भने मनिशा तामाङ उपाधि जितिन् । उनले अनेष्ट विधाको अवार्ड पनि जित्न सफल भइन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रमको संचालन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका हुन् ।

प्रतियोगिताको अन्य विधामा शर्मिला तामाङ डिसिप्लीन सहित अर्गनाइजर च्वाइस, विनिता तामाङ म्यानेज्मेन्ट च्वाइस र जुठी तामाङ ट्यालेन्ट विजेता भएसंगै आ आफ्नो विधाको ताज पहिरिन सफल भएका थिए । प्रतियोगितामा लक्ष्मी तामाङ पर्सनालिटी, अर्की प्रतिस्पर्धी शर्मिला तामाङ इनोसेन्ट, मोनिका गुरुङ स्माइल, इच्छुला तामाङ हार्डवर्किङ तथा देउती तामाङ एक्टिभ अवार्डमा विजेता चयन गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय