जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयको मंचमा सजाइएको ¥याम्पमाथि मोडलहरुको चहल पहल बढेसंगै प्रतिस्पर्धी फेसन डिजाइनहरुका सृजनशीलता र कल्पनाशीलताले आकर्षक प्रस्तुतिहरुका वीच जीवन्तता पाउँदै गयो । 
विभिन्न आकर्षक स्वरुप र डिजाइनमा सजिएर सहभागि मोडलहरुले आफ्ना डिजाइनरहरुको मिहनेतलाई न्याय गर्न अधिकतम् प्रयास गरेको देख्न पाइयो । मोडल सङ्स नेपालको आयोजनामा मूर्त रुप प्राप्त गरेको द नेसनल डिजाइनर्स रनवे २०२३ को समर कलेक्लसनमा ग्ल्यामर तथा स्टाइलसित जोडिएका विविध सृजनाहरुको अनुभव गर्न पाइयो ।
अन्ततः आईआईएफटीका विद्यार्थी डिजाइनर सरु सुवेदीले उत्कृष्ट डिजाइनरको अवार्ड जित्न सफल भइन् । फस्ट रनर अपका रुपमा नमूना कलेज अफ फेसन टेक्नोलजीका ग्राजुएट डिजाइनर रफिना महर्जनले सफलता प्राप्त गरिन् । 
उक्त कार्यक्रमको संचालन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।


