Thursday 18 June 2026 / शुक्रबार, ५ असार २०८३

उदयपुरका चार नगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण बढ्दो क्रममा रहेको छ। जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकामा डेंगु फैलिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

स्वास्थ्य कार्यालयका प्रयोगशाला अधिकृत लौकाजी राईले जिल्लामा हालसम्म २२० जनामा परीक्षण गर्दा डेंगु संक्रमितको संख्या ५१ पुगेको बताए। उनले भने, ‘कटारी नगरपालिकामा तीनजना, त्रियुगा र बेलका नगरपालिकामा २१/२१ जना तथा चौदण्डीगढी नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ।’

प्रयोगशाला अधिकृत राईका अनुसार उदयपुरगढी, लिम्चुङबुङ, रौतामाई र ताप्ली गाउँपालिका क्षेत्रमा भने हालसम्म डेंगु संक्रमण फैलिएको पुष्टि भएको छैन। उनले भने, ‘बजारीकरण रहेको नगरपालिका क्षेत्रमा मात्र अहिले संक्रमण बढिरहेको देखिएको छ।’

त्रियुगा नगरपालिकामा पर्ने उदयपुरको सदरमुकाम गाईघाटलगायत क्षेत्रमा डेंगु नियन्त्रण गर्न फगिङ मेसिनको प्रयोग गर्न थालिएको छ। जताततै संक्रमण देखिन थालेपछि पनि बच्ने उपायबारे जनस्वास्थ्य, अस्पताल र स्थानीय तहहरूले सर्वसाधारणलाई सचेत गराउन कार्यक्रमहरू सञ्चालन गर्न सकेको छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय