Thursday 18 June 2026 / शुक्रबार, ५ असार २०८३

बैतडी, पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । यहाँका १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो । एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा यस्तो लक्ष्यण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

भाइरल हेपाटाइटिस देखिएका तीन बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको र दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । गाउँका तीन बालबालिका उपचारका लागि जिल्ला अस्पताल आउँदा हेपाटाइटिस देखिएको थियोे । प्रमुख भटृले भन्नुभयो, “उपचारका लागि आएका बालबालिकामा हेपाटाइटिस पुष्टि भएपछि गाउँमै गएर परीक्षण गरिएकामा थप १६ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।”

स्वास्थ्य कार्यालय र नगरपालिकाले संयुक्तरुपमा भाइरल हेपाटाइटिसका बिरामीहरु खोजी गरिरहेको छ । भाइरल हेपाटाइटिस प्रकोपका रुपमा नफैलियोस् भन्ने उद्देश्यले बिरामीहरु खोजी गरी उपचार गर्न लागिएको उक्त कार्यालयले जनाएको छ ।

दूषित पानी, खानपानलगायत प्रयोगका कारण भाइरल हेपाटाइटिस हुने गर्दछ । भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, जन्डिस हुने, पिसाबमा रगत देखिनेजस्ता लक्षणहरु देखापर्ने गरेका छन् । यो रोगबाट बच्न शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

मूहानको पानी परीक्षणका लागि सङ्कलन

नगरपालिका–४ मा भाइरल हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मुहानको पानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हेपाटाइटिस देखिएपछि गाउँमा रहेका मुहानहरुको पानी परीक्षणका लागि सङ्कलन गरेका छौँ ।”

यसअघि नमूनाका रुपमा यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय