Monday 8 June 2026 / सोमबार, २५ जेष्ठ २०८३

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको मिष्टर एण्ड मिस प्लस टू आइकन २०२१ अन्तर्गत मिष्टरतर्फ विनिभ श्रेष्ठले उपाधि हात पारेका छन् भने मिस तर्फको उपाधिमा नेहा कुमारी रेले आफ्नो दर्ता गर्न सफल भएकी छिन् । शीर्ष उपाधि सहित विनिभले पब्लिक च्वाइस, स्मार्ट, फोटोजेनिक तथा फेशबुक च्वाइस अवार्डमा आफूलाई अब्बल प्रमाणित गरेका छन् भने मिस तर्फ शीर्ष उपाधि विजेता नेहाले पनि पब्लिक च्वाइस, ट्यालेन्ट, पंचुएल र फेशबुक च्वाइस विधाको अवार्ड जित्न सफल भइन् ।
प्रतियोगिता मिष्टर तर्फ ट्यालेन्ट अवार्ड सहित रोहन महर्जन फस्ट रनर अप, वेष्ट डान्स अवार्ड सहित दिपेश परियार सेकेन्ड रनर अप भए भने मिस तर्फ फोटोजेनिक अवार्ड सहित सदिक्षा श्रेष्ठ फस्ट रनर अप, वेष्ट वाक अवार्ड सहित सावी श्रेष्ठ सेकेन्ड रनर अप विजेता चयन भए । यसैगरी मिस तर्फ वेष्ट स्पीच अवार्ड सहित आयुषा दाहाल थर्ड रनर अप र स्टाइलिस अवार्ड सहित हर्षणा खतिवडा फोर्थ रनर अप छनौट भएका छन् । प्रतियोगिता एएनपी मिडिया हाउसको ब्यानरमा सुमि बाँनियाको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय