Thursday 18 June 2026 / शुक्रबार, ५ असार २०८३

धनकुटा र सुनसरी आइतबारसम्म प्रदेशभर ६ हजार ४ सय ६४ जना संक्रमित पाइएका छन् । सबैभन्दा बढी सुनसरीमा ४ हजार ५ सय ५८ र सबैभन्दा कम खोटाङमा ४ जना रहेको निर्देशनालयका जनस्वास्थ्य अधिकृत विवेचना चौलागार्इंले बताए । मोरङमा ९ सय १८, झापामा ४ सय ५४, उदयपुरमा १ सय ६१, धनकुटामा १ सय ८ संक्रमित छन् ।

अघिल्लो महिनासम्म सुनसरी, मोरङ, झापा र संखुवासभामा सीमित संक्रमण दुई सातायता अन्य जिल्लामा फैलिएको हो ।

चौलागाईंका अनुसार भोजपुरमा ८४, संखुवासभामा ७८, तेह्रथुममा ५८, इलाममा २५, ताप्लेजुङमा ११ र पाँचथरमा ५ संक्रमित छन् । संक्रमणबाट अत्यधिक प्रभावित सुनसरीको धरानमा स्वास्थ्य मन्त्रालय तथा प्रदेशबाट विशेषज्ञ टोलीसहित डेंगी रोगथाम तथा उपचार केन्द्र स्थापना गरिएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

०७६ मा प्रदेशका ११ जिल्लामा डेंगी महामारीका रूपमा फैलिँदा पाँच हजार जना बढी प्रभावित भएका थिए । त्यसपछि छिटपुट बिरामी देखिए पनि यस वर्ष सुनसरी व्यापक फैलिएकाले सजकता अपनाउन निर्देशनालयले सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय