काठमाडौं, कलेज अफ सेन्ट्रल स्टेटमा कक्षा १२ मा अध्ययनरत रेजिना मानन्धरलाई राजधानीमा आयोजित एक समारोहका वीच मिस नेसनल २०२० को ताज पहि¥याइएको छ । राजधानीको ठमेलस्थित डेलिमा गार्डेन क्याफेमा रेक्स फेसन होमद्धारा आयोजना गरिएको एक कार्यक्रमकावीच मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१८ का विजेता उरुषा जोशीले रेजिनालाई मिस नेसनल २०२० को ताज पहि¥याइदिएकी हुन् । रेजिनाले यस अघि मिस एसईइ आइकन २०१९ मा सहभागिता जनाएकी थिइन् सो प्रतिस्पर्धामा उनले मिस पपुलर, मिस ब्युटीफुल, भिअर च्वाइस तथा ब्युटी विथ पर्पसको अवार्ड जित्न सफल भएकी थिइन् । उक्त क्राउनिङ कार्यक्रम गीत संगीत, फेसन मोडलिङ, प्याजेन्ट, संचार र व्यपार व्यवसाय क्षेत्रका चिरपरिचित व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । 


