Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौँ, स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलले आफ्नो बहुप्रतीक्षित नमुना संयुक्त राष्ट्र संघ २.० को भव्य समारोहको साथ उद्घाटन गर्‍यो । कक्षा १० का विद्यार्थीहरुद्वारा आयोजित यस कार्यक्रममा ३० विद्यालयका १२० प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख वक्ताका रुपमा डा. पुकार मल्लको सम्मानजनक उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख वक्ता विश्व बैंकका वरिष्ठ नवीनतम नीति सल्लाहकार र दायित्व अभियान फाउन्डेशनका सह-संस्थापक अध्यक्ष डा. पुकार मल्लले सहभागी प्रतिनिधिहरुलाई प्रेरणादायी शब्दहरु मार्फत हौसला प्रदान गर्नुभएको थियो। विद्यालय प्राचार्य नेहा के.सी. का साथै स्वस्तिश्री गुरुकुल नमुना संयुक्त राष्ट्र संघ २.० का महासचिव विद्यार्थी अधिश बिनोद पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

Model United Nations (MUN) संयुक्त राष्ट्र संघ र यसका विभिन्न अङ्ग र समितिहरूको गतिशील नमुना हो । तीन दिन लगातार रुपमा सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC), लागुऔषधसम्बन्धी संयुक्त राष्ट्र आयोग (UNCND), लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघ (UNW), संयुक्त राष्ट्र मानव अधिकार परिषद् (UNHRC), संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP), अदालत समिति, अन्तर्राष्ट्रिय प्रेस जस्ता समितिमा रही विश्वका विभिन्न समसामयिक जल्दाबल्दा बिषयमा घनिभूत रुपमा छलफल गर्नेछन् । विभिन्न राष्ट्रहरूका प्रतिनिधिहरूको भूमिकालाई मूर्तरूप दिँदै विद्यार्थी प्रतिनिधिहरूले वास्तविक विश्वका मुद्दाहरूमा रहेका समस्याका समाधानहरू समेत पहिल्याउनेछन् ।

कक्षा १० का विद्यार्थीहरुद्वारा आयोजित यस कार्यक्रममा महासचिवका रुपमा अधिश विनोद पोखरेल र उपमहासचिवमा मृदुभाषिनी सौरभ रहनु भएको छ । साथै इशान्भी पाण्डेको नेत्तृत्वमा प्रचीता के.सी, नोजोमी विमोली र तमन्ना अग्रवालले कुशलतापूर्वक रसद, सियारा शुभाङ्गिनी बजागाईले सञ्चार, अन्भी श्रेष्ठले वित्त, आहाना महर्जनले मिडिया र हिताशा प्रधानले कार्यक्रमको व्यवस्थापन कुशलतापूर्वक ढङ्गले नेत्तृत्व गर्नुभएको छ ।
विद्यार्थीहरूलाई कक्षाकोठा र किताबका सीमित दायराहरूभन्दा बाहिर ल्याई विद्यार्थीहरूको जीवनोपयोगी विभिन्न सीपहरू विकास गर्न, उनीहरुको दृष्टिकोण र ज्ञानको क्षितिज फराकिलो बनाउन र विश्वव्यापी समस्या र तिनका समाधानमा अर्थपूर्ण रूपमा योगदान दिनको लागि एउटा महत्वपूर्ण अवसर सिर्जना गर्ने उदेश्यले विद्यालयले स्वस्तिश्री गुरुकुल नमुना संयुक्त राष्ट्र संघ २.० को आयोजना गरेको हो । भब्य रुपमा सुरु भएको यो कार्यक्रम यही शनिवार साउन २७ गते समापन हुनेछ । उद्घाटन समारोहलाई सियारा शुभाङ्गिनी बजागाईले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय