Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

क्षेत्रीय स्तरको सौन्दर्य प्रतियोगिता हुँदै राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको अनुभव उपलब्धी हासिल गरे संगै सन् २०१९ मा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस कस्मोपोलिटन वर्ल्डको ताज पहिरिन सफल नाम हो प्रिया रानी लामा ।

फेसन मोडल, फेसन कोरियोग्राफर, स्टेज कार्यक्रम उद्घोषण, सौन्दर्य कार्यक्रमहरुमा निर्णायक देखि टेलिभिजन कार्यक्रमको प्रस्तुति, म्युजिक भिडियो मोडलिङ, टेलिचलचित्रमा अभिनयमा आफ्नो उपस्थिति दर्शाउँदै आएकी प्रिया रानी लामाको व्यवस्तता र उपलब्धी पछिल्लो समयमा अझ विस्तारित हुँदै गएको देखिन्छ ।

इन्डिया इन्टरनेसनल फेसन विक, एशिया इन्टरनेसनल फेसन विक, ग्लोबल फेसन एण्ड लक्जरी विक फेसन शोमा मोडल तथा स्टो स्टपरको भूमिका देखा परिसकेकी प्रिया रानी लामाको व्यवसायिक जीवनको उडान हालै अमेरिकाको न्युयोर्क सम्म तय भएको छ । हालै न्युयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२३ को विशेष अतिथि एवं निर्णायकको भूमिका देखिएकी उनलाई सोही कार्यक्रमका वीच न्युयोर्क स्टेट एसेम्ब्लीबाट सर्टिफिकेटको अफ मेरिटको सम्मान प्राप्त भएको थियो ।

यसैवीच न्युयोर्कमै हालै आयोजना भएको ६थौं एटिए एभरेष्ट गोल्ड नेपाली फिल्म अवार्ड २०२३मा उनले कार्यक्रम संचालनको जिम्मेवारी निर्वाह गर्न भ्याइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय