विवाहित महिलाहरुमा केन्दि«त प्रतियोगिता मिसेस् नेपाल आइकन २०२३ ताज पहिरिन सफल भएकी छिन्, मेरिशा सुवाल मालाकार । विजेता भए संगै रु पचास हजार नगद पुरस्कार प्राप्त गरेकी मेरिशाले प्रतियोगितामा मोस्ट पपुलर, वेष्ट डान्स तथा मोस्ट पङ्चुयल विधाको अवार्ड पनि जित्न सफल भइन् ।
![]()
प्रतियोगितामा परु पौडेल फस्ट रनर अप छनौट भइन् । उनले प्रतियोगितामा वेष्ट पर्सनालिटीको अवार्ड पनि हात पारिन् । सेकेन्ड रनर अप तर्फ निर्मला मण्डल कापर सफल भइन् । उनले मोस्ट डिसिप्लीन विधा पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् । प्रतियोगितामा रुपा जंगम राणा पब्लिक च्वाइस विधाको विजेता चयन भइन् । उनले मोस्ट डिजर्भिङ र म्यानेज्मेन्ट च्वाइस विधामा अवार्ड जितिन् । एएनपी मिडिया हाउसको आयोजनामा सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी हुन् भने कार्यक्रमको संचालन संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।
ADVERTISEMENT


