Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको प्याब्सन लिटिल आइडल २०२३ को उपाधिमा सोशिका बस्नेतले आफ्नो नाम दर्ता गराउन सफल भएकी छिन् । पुरानो बानेश्वरस्थित क्याम्ब्रिज पब्लिक हाइस्कूलमा कक्षा ७ मा अध्ययनरत १२ वर्षिया सोशिकाले आफ्नो दोस्रो प्रयासमा प्रतियोगिताको १२औं संस्करणको विजेता बन्न सफल भएकी हुन् । यस अघि गत वर्ष पनि सोही प्रतियोगितामा सहभागिता जनाएका सोशिकाले पहिलो प्रयास टप फिफ्टिन सम्मको यात्रा तय गरेकी थिइन् । शीर्ष उपाधि सहित उनले नगद पुरस्कार रु तीस हजार तथा सम्बन्धीत विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छिन् । प्रतियोगितामा नारायणथानस्थित नेसनल ब्लुमिङ फ्लावर एकेडेमी कक्षा ७ मा अध्ययरत १३ वर्षिया प्राप्ति कुँवरले फस्ट रनर अप उपाधि जितेकी छिन् । उनी पनि गत वर्ष सोही प्रतियोगितामा टप फिफ्टिन सम्म यात्रा तय गर्न सफल भएकी थिइन् । क्याम्ब्रिज पब्लिक हाइस्कूलकै कक्षा ६ की छात्रा ११ वर्षिया बेला महर्जनले सेकेन्ड रनर अप उपाधि जित्न सफल भइन् । प्राप्तिले नगद पुरस्कार रु बीस हजार तथा बेलाले नगद पुरस्कार रु दश हजार पनि प्राप्त गरिन् भने दुवै आफू अध्ययनरत विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेन्मेन्ट प्रा.लि.को संयुक्त आयोजनामा संचानल भएको सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् भने सहभागिहरुको पहिरनको डिजाइन भने आईआईएफटी नेपालका विद्यार्थी डिजाइनरहरुले गरेका हुन् । प्रतियोगितामा प्रतिज्ञा पाण्डेले मिस ट्यालेन्ट, काव्य कुमालले कन्फिडेन्ट, सायरा महतले पर्सनालिटी, दिव्यश्री ढुंगानाले लिडरशीप, आरोही आलेमगरले फाटोजेनिक तथा आलियाना अलीले फ्रेन्डशीप विधाको अवार्ड जित्न सफल भएका थिए ।
प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय