मोडलिङ विधामा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम अनभोगको ९औं श्रृङ्खला सम्पन्न भएको छ । हाउस अफ फेसन नेपालको आयोजनामा राजधानी शहरको दरबारमार्गस्थित होटल अन्नपूर्णमा प्रस्तुत भएको कार्यक्रममा प्रमिश कोइराला र दिपिका थापा मगरले विजेताको रुपमा ब्रान्ड एम्बेसडरको अवार्डमा सफलता प्राप्त गरेका छन् ।

फेसन, स्टाइल, ग्ल्यामरको आकर्षक समायोजनमा सम्पन्न सो प्रतियोगितामा रितेश खड्का र प्रिया न्यौपानेले यु म्याटरको अवार्ड जिते भने योदिश न्यौपाने र ज्योति खड्का फस्ट रनर अप तथा सुयोग श्रेष्ठ र लोसिना शाक्य सेकेन्ड रनर अप विजेता छानिएका थिए ।

कार्यक्रममा सृजन महर्जन र गरिका श्रेष्ठ कमर्सियल एम्बेसडरको रुपमा चयन भएका थिए ।


