Sunday 14 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

१७औं संस्करणको मिस नेवाः नेपाल ११४३ भव्यता पूर्वक सम्पन्न भएको छ । राजधाी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबली संचालन भएको मिस नेवाः नेपाल ११४३ को फाइनल प्रतिस्पर्धामा नैकापकी सकिना महर्जनले प्रतियोगिताको शीर्ष विजेताको ताज पहिरिन सफल भएकी हुन् । एनटिसी मिस नेवाः नेपाल ११४३को ताज पहिरिएकै संगै नगद पुरस्कार एक लाख हात पारेकी सकिनाले प्रतियोगितामा मिस पर्सनालिटीको अवार्ड पनि जितेकी हुन् । प्रतियोगितामा काठमाडौं म्हैपीकी रिधिशा श्रेष्ठ पब्लिक च्वाइस विधाको अवार्ड सहित फस्ट रनर्स अप तथा मिनशा महर्जन सेकेन्ड रनर्स अप चयन भएका थिए । उनीहरुले क्रमशः नगद पुरस्कार रु पच्चीस हजार तथा पन्ध्र हजार प्राप्त गरेका थिए ।
नेवार समुदायको साँस्कृतिक परिवेशमा संचालन भएको यस प्रतियोगितामा सहभागिहरु नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ अध्ययनरत १९औं ब्याच ५औं सेमेष्टरका विद्यार्थी डिजाइनरहरुले तयार पारेका मनमोहक पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए । नेवार समुदायको कला संस्कृतिको संरक्षण सम्बद्र्धन र प्रवद्र्धनमा योगदान पु¥याउने हेतुले हेमा मानन्धरको अगुवाईमा नेप्लीज फेसन होमको आयोजनामा संचालन भएको प्रतियोगितामा काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य रहेको थियो ।

कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रम मिस नेवाः नेपाल कृषा महर्जनको संयोजन रहेको थियो भने राजु नापित कार्यक्रमको नेपाल भाषा प्रशिक्षक रहेका थिए । प्रतियोगितामा कृष्टि प्रजापतिले मिस ट्यालेन्टर र फोटोजेनिक विधाको अवार्ड हात पारिन् भने तलुसी कंसाकार मिस ट्यालेन्ट फस्ट रनर्स अप र रितिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेन्ड रनर्स अप छानिएका थिए । प्रतियोगितामा अंशु प्रजापतिले वेष्ट नेपाल भाषाको अवार्ड प्राप्त गरेका थिए । प्रतियोगितामा तिमिला महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ, सुविता देउला सोसियल वेलफेयर एम्बेसडर फस्ट रनर्स अप र अविशा कपाली सोसियल वेलफेयर एम्बेसडर सेकेन्ड रनर्स अप तथा मिस फ्रेन्डशीप, एड्रिना श्रेष्ठ वेष्ट डे«स, खुशी डंगोल मिस कल्चर, तुलसा प्रजापति वेष्ट स्माइल र वेष्ट हेयर, युनिशा महर्जन मिस चार्मिङ, सिचु मानन्धर वेष्ट स्कीन तथा रोजिना महर्जन मिस डिसिप्लीन उपाधिमा विजेता चयन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय