काठमाडौं , बबिराज कार्की ‘फेस अफ द नेशन २०२३’ घोषित भएका छन् । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले शिर्ष उपाधी जितेका हुन् । त्यसैगरि आलोक महर्जनले फर्स्ट रनर अपको उपाधीसंगै बेष्ट ट्यालेण्टको अवार्ड हात पारे भने शुभेक्षा बस्नेतले सेकेन्ड रनर अपको उपाधीसहित भ्युअर च्वाईसको अवार्ड हात पारिन् ।
बिधागत अवार्ड तर्फ पब्लिक च्वाईसमा आशिष थापा मगर र पब्लिक च्वाइसकै रनर अपमा प्रकृती तामाङ्ग विजयी भए।
मोडल सङ्ग्स नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा छनोटचरण पार गरेर आएका प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास तथा मोडलिङ क्षमता अभिवृद्धिसम्बद्ध करिब एक महिना लामो प्रशिक्षण पश्चात् प्रतिस्पर्धीहरुलाई अन्तिम स्पर्धामा स्टेजमा उतारिएको आयोजक संस्था मोडल सङ्ग्स नेपाल अध्यक्ष स्वस्ती दंगालले जनाईन ।
रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा सरोज ओझा, रेजिना तुलाधर, महेश के.सी., माधवराज खरेल, बिनोद ढकाल, डा. रमानन्द चौधरी, मनोज जोशी र शुभेक्षा ढकाल निर्णायक रहेका थिए।


