राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न भएको टिनएजरहरुमा केन्दि«त एन प्लस प्रोफेसनल मिष्टर एण्ड मिस टिन सुपर मोडल २०२३ को उपाधिमा युबिन घिमिरे र त्रिजा महर्जनले आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । 
एभरेष्ट इभेन्ट्सका लागि कृष्ण श्रेष्ठ, रोबेन आयोजन रहेको सो प्रतियोगितामा निशान्त के.सी. र कृतिका गौतम फस्ट रनर अप, अर्जुन तामाङ प्राप्ति शाह सेकेन्ड रनर अप घोषणा गरिएका थिए भने मिङ्मा लामाले थर्ड रनर अपको उपाधि जितेकी थिइन् ।

सो प्रतियोगितामा रिजन रिजाल र श्रद्धा खड्काले अर्गनाइज च्वाइसको अवार्ड प्राप्त गरेका थिए भने सुजित श्रेष्ठ र आश्मा रिजाल प्रतियोगिताका लागि ब्रान्ड एम्बेसडर चयन भएका थिए ।

प्रतियोगिताका अफिसियल डिजाइनर रहेका आरुप डिजाइन्सका लागि शुभम् शाहनी र स्मारिका कार्की ब्रान्ड एम्बेसडर छनौट भएका थिए । प्रतियोगिता कोरियोग्राफरद्धय आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।


