नेपाली मौलिक साँस्कृतिक परिवेशको महत्व र आवश्यकतालाई सौन्दर्य प्रतियोगिता मार्फत् उजागर गर्दै, त्यसको सम्बद्र्धन र प्रवद्र्धनमा योगदान दिने हेतुले संचालन गरिएको विवाहित महिलाहरुमा केन्दि«त साँस्कृतिक सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल कल्चरको दोस्रो संस्करणको तयारी अगाडि बढेको छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करण भन्दा अझ भव्य र वृहत् रुपमा प्रस्तुत गर्ने हेतुले अगाडि बढेको कार्यक्रमको गत वर्ष झैं यस पनि प्रथम मिस नेपाल रुबी राणा शाह ब्रान्ड एम्बेसडरका रुपमा रहेकी छिन् ।
साँस्कृतिक सचेतना, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतिभा प्रस्फुटन, नेतृत्वदायी क्षमताको विकास, सामाजिकीकरण, समाज प्रति उत्तरदायित्व बोध, महिला सशक्तिकरण लगायतको विषयवस्तुमा केन्दि«त रहने यस प्रतियोगितामा विवाहित, एकल, पारपाचुके गरेका महिलाहरुले सहभागिता जनाउन सक्नेछन् । शैक्षिक योग्यताका सम्बन्धमा साधारण लेखपढ गरेकाहरुले सहभागिता जनाउन सक्नेछन् । शारारिक उँचाई र उमेरका सम्बन्धमा कुनै मापदण्ड नतोकिएको कुरा आयोजक संस्था युहान इन्टरनेसनल इभेन्ट्सले जानकारी प्रदान गरेको छ ।

गत वर्ष राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको सो प्रतियोगिताको पहिलो संस्करणमा सहभागिको साँस्कृतिक सचेतना, व्यक्तित्व, आत्मविश्वास, संचारकला तथा मंचीय प्रस्तुतिकरणलाई मुल्यांकन गर्दै सहभागि ३८ प्रतिस्पर्धी मध्ये युमीन खत्रीले मिसेस् इन्टेलिजेन्टको अवार्ड सहित पहिलो मिसेस् नेपाल कल्चर २०२२ को ताज पहिरिन सफल भएकी थिइन् । कार्यक्रममा प्रथम मिस नेपाल तथा मिसेस् नेपाल कल्चर प्रतियोगिताका ब्राण्ड एम्बेसडररुबी राणा शाहलाई मानार्थ मिसेस् नेपाल कल्चरको ताज पहि¥याएर सम्मान गरिएको थियो ।


