Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले सन् २०३९ सम्ममा नेपाललाई विश्वकप जिताउने लक्ष्य लिइएको बताएका छन्।

विश्वकप जित्ने आधारको विषयमा सोधिएको प्रश्नमा पारसले भने,’हामीले बलियो नेपाल कप आयोजना गर्नुको ‘थिम’ सन् २०३९ सम्ममा नेपाललाई विश्व जिताउने बनाएका हौं। विश्वकप जित्ने कुरा धेरै-धेरै ठूलो सपना हो। यसका लागि सरकार र क्यानले सबैभन्दा बढी सोच्नु पर्छ जस्तो लाग्छ।’

नेपाली क्रिकेटको जग बलियो बनाउन विद्यालयस्तरका कार्यक्रमलाई जोड दिनु पर्ने पारसको भनाइ छ।

‘हामीले पहिला त टेस्ट मान्यता पाउनु पर्छ। अनि हामी विश्वकप जित्ने लक्ष्यमा अघि बढ्न सक्छौं। विश्वकप २०३९ कै जित्ने भन्ने पनि होइन। त्यो २०४९ वा २०२९ मै पनि हुन सक्छ,’ उनले भने।

र्यक्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले सन् २०३९ सम्ममा विश्वकपको उपाधि जित्न ग्रासरुट क्रिकेटमा लागानी गर्नु पर्ने बताए।

‘सन् २०३९ सम्ममा विश्वकपको उपाधि जित्नका लागि हामीले ग्रासरुट क्रिकेटमा लगानी गर्नुपर्छ। स्कुलस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुनुपर्छ,’ मल्लले भने, ‘हामीले नेपालका ग्रामिण भेगमा रहेका प्रतिभालाई अहिलेदेखि नै खोज्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय