Saturday 13 July 2024 / शनिबार, ३० असार २०८१

पूर्वीलिबियामा आइतबार आएको बाढीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। बाढीमा परी हजारौँ मानिस बेपत्ता भएका लिबियाका प्रधानमन्त्री ओसामा हम्मादलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह सहर डेरनामा भएको बताएका छन्। उनले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।

त्यस्तै, उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन्। स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिन शोक घोषणा गरेको छ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय