Thursday 21 May 2026 / बिहीबार, ७ जेष्ठ २०८३

विद्यालय अध्ययनरत बालबालिकामा केन्दि«त प्रतियोगिता लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस् २०२३ प्रतियोगिता अन्तर्गत हार्दिक थापा लिटिल स्टार प्रिन्स छानिएका छन् भने अमृत तामाङ फस्ट रनर अप, मोहिमित सुनुवार सेकेन्ड रनर अप, हिमाल तामाङ सेकेन्ड रनर अप तथा समर्पण ढुंगाना अर्गनाइजर च्वाइस अवार्ड विजेता छानिएका छन् । लिटिल स्टार प्रिन्सेस् तर्फ भने ग्रुप ए बाट सारा थापा विजेता बनिन् । सोही समूहमा विशेषता रंजीत फस्ट रनर अप, सिजल जैसवाल सेकेन्ड रनर अप, कृषा चित्रकार थर्ड रनर अप तथा अद्विता राणा अर्गनाइजर च्वाइस विधाका विजेता चयन भएका थिए ।
ग्रुप बीबाट याना लिम्बु लिटिल स्टार प्रिन्सेस् बनिन् भने प्रतिष्ठा भट्ट फस्ट रनर अप र उत्कर्षा श्रेष्ठ सेकेन्ड रनर अप भए । यो समूहमा रचेल तामाङ थर्ड रनर अप तथा अनिशा घलान अर्गनाइजर च्वाइस अवार्ड विजेता छनौट भएका थिए । फेसन ईराको आयोजनामा संचालन भएको यो प्रतियोगिताको फाइनल प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय