Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

थाईल्याण्डको राजधानी बैंकक शहरमा नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । हिमालय मुभि प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न उक्त अवार्ड कार्यक्रममा एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द« बस्नेतलाई वेष्ट सोसियल वेलफेयर एक्टिभिष्ट, पूर्व थाई नेपाली संघका अध्यक्ष एवं व्यसायी तथा समाजसेवी कुमार कार्कीलाई नेप्लीज् सोसियल क्याम्पेनरको अवार्ड प्रदान गरिएको थियो । रियालिटी शो मेरो डान्स युभिभर्सकी विजेता खुशी कार्कीलाई आइकोनिक डान्सिङ स्टारको अवार्ड प्रदान गरिएको थियो ।

सो अवार्ड कार्यक्रममा लक्ष्मी भुषाल पपुलर मोर्डन मेकअप आर्टिस्ट, अनिता घिमिरे पपुलर इभेन्ट मेकअप आर्टिष्ट, चन्द«कला तामाङले पपुलर फेसन मेकअप आर्टिस्टका रुपमा अवार्ड प्राप्त गरेका थिए । पपुलर टाइटल विनर मिसेसे तर्फ शोभिात राई, पपुलर टाइटल विनर मिस तर्फ हेमा पुन मगर, पपुलर सोसियल एड्भोकेटतर्फ प्रमिला कटुवाल, पपुलर स्किन केयर एण्ड मेकअप आर्टिष्टतर्फ पिन्की राजवाहक, वेष्ट रियालिटी शो मेकअप आर्टिस्टतर्फ प्रतिशा कटुवाल र वेष्ट इन्फ्लुएन्सियल टाइटल विनर मिसेस् तर्फ जानवी कार्कीलाई अवार्ड प्रदान गरिएको थियो ।

सो अवार्ड कार्यक्रममा ईश्वरबल्लभ उप्रेतीले वेष्ट मोडल, पुरुष तथा सजना खतिवडाले पपुलर मोडल, महिला तर्फको अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा सचिन खत्री वेष्ट इन्फ्लुएन्सियल नर्सिङ पर्सनालिटी, मनु बान्थामगर वेष्ट ह्युमन वेलफेयर एक्टिभिष्ट, निता मादेन वेष्ट लेडिज अन्टरप्रिनियर, हरि घिमिरे पपुलर वेडिङ फोटोग्राफर, आनन्द प्रभाकर घिमिरे पपुलर सिनेम्याटोग्राफर, विनोद पोखरेल वेष्ट स्टेज डिजाइनर तथा दिपक मैनाली वेष्ट वेडिङ फोटोग्राफरका रुपमा पुरस्कृत भएका थिए । कार्यक्रम फेसन कोरियोग्राफर हिमानी सुब्बाको निर्देशनमा नृत्य प्रस्तुतिका साथै विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरुको प्रस्तुतिमा फेसन शो पनि सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय