Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

न्युलुक मिस एण्ड मिसेस् युनिभर्सल २०२३ सम्पन्न भएको छ । प्रतियोगितामा मिस तर्फ दिया उपाध्यायले मिस युनिभर्सल २०२३ को ताज पहिरिन सफल भइन् । उनले मुख्य उपाधि संगै ट्यालेन्ट, फोटोजेनिक र इन्टिलेक्चुयल विधाको अवार्ड पनि सफलता प्राप्त गरिन् । फस्ट रनर अफ तर्फ प्रशंसा पोखरेल र सेकेन्ड रनर तर्फ कमला श्रेष्ठ उत्कृष्ट ठहरिएका थिए । कमलाले पब्लिक च्वाइस विधाको अवार्ड पनि प्राप्त गरिन् । मिस तर्फ वेष्ट वाक विधामा सोनम राई र वेष्ट डे«स विधामा प्रशंसा भण्डारी विजेता घोषणा गरिएका थिए ।
मिसेस्तर्फ सुष्मा सुवेदीले मिसेस् युनिभर्सल २०२३ को ताज पहिरिन् भने उनले वेष्ट वाक र फोटोजेनिकतर्फ पनि अवार्ड प्राप्त गरिन् । मिसेस् तर्फ एलिना श्रेष्ठ इन्टिलेक्चुयल संगै फस्ट रनर अप भइन् भने ट्यालेन्ट विधाको अवार्ड संगै तिलु राना मगर सेकेन्ड रनर अप विजेता बन्न सफल भइन् । प्रतियोगितामा रिना मल्ल गिरी पब्लिक च्वाइस विधाकी विजेता छनौट भइन् भने अनिता पौडेलले वेष्ट ड्रेसको अवार्ड प्राप्त गर्न सफल भइन् ।

स्पार्कल इन्टरटेन्मेन्टका लागि नितु श्रेष्ठ आयोजक रहेको सो कार्यक्रमको संचालन एवं कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । कार्यक्रममा पूर्व मन्त्री समेत रहिसकेका सांसद सत्य पहाडीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय