Sunday 6 October 2024 / सोमबार, २१ आश्विन २०८१

बिपदको बेला स्वयंसेवकहरुको महत्वपूर्ण भुमिका रहने गर्छ, सामाजिक सेवा सार्वजनिक, निजि तथा सरकारी संस्थाहरुले प्रदान गर्ने सार्वजनिक सेवाहरुको रुप हो जस्को निश्चित संगठन तथा सशक्त समुदायहरुको स्वयंसेवि समुह निर्माण गर्ने र बिपदको समयमा ति समुहहरुको प्रभावकारी परिचालन गरी पिडितहरुमा मानवोचित व्यवाहारबाट समानता र अवसर श्रृजना गर्ने कार्य गरिन्छ । यसरी गरीने कार्यले गर्दा नै बिपदको समयमा समाजमा रोग भोक तथा मानसिक समस्याको कारण हुने दुर्घटनाहरुमा कमि ल्याउन तथा त्यसको लागी आवश्यक बस्तुहरुको बितरण सहज हुने गरेको इतिहास साक्षी छ ।
दोश्रो बिश्व युद्द पछि बढ्दो ब्यापारीकरणको मारमा परेका गरीब तथा बिकाशोन्मुख देशहरुमा समाजसेवाको नाममा परियोजनाकरण गरेर कसैको गरिबि,दुःखपिडा भजाएर आफ्नो रोजिरोटीको भाडो भर्ने कार्य हुन थाल्यो जसको फलस्वरुप आज समाजसेवा भनेको कुनै बिपद समाधान गर्ने स्वतस्फुर्त कार्य नभइ फगत एउटा परियोजानाको रुपमा बुझ्ने गल्ति समाजसेवा गर्छु भन्नेले त बुझे कै छन, साथ साथै समाजले समेत यसरी नै बुझीरहेकोमा केहि स्वच्छ भावनाका साथ स्वयंसेवि कार्य गर्ने प्रति गरीएको नकारात्मक धारणाले साचै समाजसेवा गर्ने हरु निरुत्साही छन । नेपालि समाज समेत यहि दुर्भाग्यको खेलमा फसेको छ जहा समाजसेवा गर्ने ध्येय की कुनै राजनितिक पार्टीको उपल्लो तहको हिमचिमले आफ्नो आर्थिक बिकास गर्ने रहने वा त्यस कार्य गरे वापत समाजमा आफैलाइ ठालु घोषणा गर्ने अर्धज्ञानको बिकास भैरहेकोछ । समाजसेवामा मानविय ब्यवाहारको अत्यन्तै महत्व हुन्छ, न कि रुपैयाको, समाजसेवामा स्वयंसेवि रुपमा श्रम सहयोग गर्ने वा १ रुपैया दान गर्नेको सम्मान र मुल्य पनि त्यती नै हुन्छ जती लाखौ खर्च गर्नेको हुन्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । गरीब दुःखी र बिभिन्न पिडाबाट पिडितहरुको सेवा गर्नु उत्कृष्ट मानबिय कार्य हो, नकी पिडा भएको स्थानलाई “Place of Project Implementation”घोषणा गरी दुःखलाई परियोजनाकरण गर्नु ।
यसको बाबजुद पनि समाजसेवा एउटा स्वच्छ भावनाका साथ बिपदको बेला समाजमा राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारीक एकता र बिकासको लागी गरिने महत्वपूर्ण कार्य हो जसले हाम्रो समाजमा राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारीक कलह, बिग्रह, मानसिक बिक्षिप्तता ब्यवस्थापन गर्न गराउन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । अहिलेको Covid- 19 को महामारीको बिषम परिस्थितीमा अझ सामाजिक सेवाको अत्यन्तै महत्व रहेकोछ । महामारीमा निष्ठताका साथ गरीने सामाजिक सेवाको महत्व रहन्छ, जसरी एउटा सैनिकले युद्घको बेला आफ्नो ज्यानको बाजी लगाएर युद्घ मैदानमा आफुलाई उत्साहित बनाएर लडिरहेको हुन्छ त्यसरी नै एउटा समाजसेवीले महामारीको बेला आफुलाई समर्पण गरीरहेको हुन्छ । नेपालको सन्दर्भमा चाहे गरिव निमुखाहरुलाई बिहान बेलुकीको छाक टार्ने ब्यवस्था गर्न होस चाहे अत्यावश्यक सेवाहरुको बितरणको लागी होस समाजसेविहरु अत्यन्तै जोखिमका साथ आफ्नो कार्य गरीरहेका छन । कोरोना भाइरसको जोखिमको बाबजुद सधै गरीरहेको कार्य गर्न स्वयंसेवक बनेर यत्रतत्र कार्य गरिरहेका नै छन स्वयंसेविहरु ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय