Sunday 14 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने युवतीहरुमा केन्दि«त मोडलिङ प्रतियोगिताको फाइनल प्रतिस्पर्धा यही असोज २४ गते सम्पन्न हुने भएको छ । राजधानी शहरको गैह्रीधारा स्थित एलिश रिसेप्सनमा भव्यता पूर्वक सम्पन्न हुने सो प्रतियोगिता २९ जना युवतीहरुको सहभागिता रहेको छ । सो प्रतियोगितामा डिजाइरद्वय दुर्गा विष्ट तथा सजिना विष्ट तथा नमूना कलेज अफ फेसन टेक्नोलजीका ग्राजुएट डिजाइनरहरुले तयार पारेका पहिरनहरुमा सहभागि मोडलहरुले आफ्नो प्रस्तुति दिनेछन् । प्रोमोटिङ सोलुसनको आयोजना संचालन हुने यो प्रतियोगितामा फेसन कोरियाग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफी रहनेछ ।
मोडल प्रतिस्पर्धा बाहेक यस कार्यक्रममा सोसल मिडिया प्लेटफर्मका रुपमा विकसित गरिएको स्मार्टगफ नामक नयाँ मोबाइल एपको पनि लन्चिङ गरिंदैछ । यस कार्यक्रममा हाँस्य अभिनेता मदन कृष्ण श्रेष्ठ तथा पूर्व आईजिपी सर्वेन्द« खनालको प्रमुख आतिथ्यता हुनेछ । कार्यक्रममा सांगीतिक प्रस्तुतिहरुको जिम्मेवारी गायक आनन्द कार्की, कमल खत्री, विनोद ढकाल तथा गायिका मेलिना मैनालीले लिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय