Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

काठमाडौं– शाहरुख खान स्टारर फिल्म ‘जवान’ले विश्वभर ११ सय करोडभन्दा बढीको कमाइ गरेको छ।

एटली निर्देशित ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज भएको थियो। फिल्म रिलिजको पाँचौँ हप्ता सुरु भएको छ।

फिल्मले बक्स अफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ। फिल्मको पछिल्लो विश्वव्यापी तथ्याङ्क सार्वजनिक भएको छ।

रेड चिलिज इन्टरटेनमेन्टले फिल्मको आधिकारिक संग्रह सार्वजनिक गरेको छ। ‘जवान’ ले विश्वभर १११७.३९ करोडको व्यापार गरेको छ।

फिल्म ‘जवान’ गौरी खान र शाहरुखको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।

फिल्ममा शाहरुख खानसँगै नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, सुनील ग्रोवर र रिद्धि डोग्रा पनि छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय