Thursday 7 December 2023 / बिहीबार, २१ मंसिर २०८०

अफगानिस्तानमा फेरि भूकम्पको धक्का महसुस भएको छ । उत्तरी अफगानिस्तानको हेरात सहरमा स्थानीय समय अनुसार बिहान ८.०६ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अफगानिस्तानको टोलो न्युजले यसअघि पनि यस क्षेत्रमा भूकम्पको धक्का महसुस गरेको जनाएको छ ।

गत शनिबार हेरात प्रान्तमा गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २५ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय