Saturday 13 July 2024 / शनिबार, ३० असार २०८१

विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले रामबहादुर रानामगर र शम्शेर राईलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । रानामगर नेकपा एमाले र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनुभएको हो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय