Thursday 7 December 2023 / बिहीबार, २१ मंसिर २०८०

आजको परिवेशमा सामाजिक सञ्जाल व्यक्तिको दैनिकीको महत्वपूर्ण पाटो बन्न थालेको छ, यसबाट उसलाई व्यक्तिगत र व्यवसायिक लाभ पनि प्राप्त हुने भएकाले यसतर्फको झुकाव बढ्दो छ । यही परिवेशमा नेपाली माहौल सुहाउँदो हुने गरी नेपालीले नेपालमै नयाँ सामाजिक सञ्जालको शुरुवात गरेको छ, स्मार्टगफको रुपमा । यसमा हाल प्रयोगमा रहेको फेशबुक, इन्स्टाग्रामा र टिकटक जस्मा सामाजिक सञ्जालहरुको फिचर रहेको छ । सोही स्मार्ट गफ नामक सामाजिक सञ्जालको मोबाइल एप र वेभ भर्सनको एउटा फेसनमय साँगीतिक कार्यक्रमका वीच औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

राजधानी शहरको गैह्रीधारा स्थित एलिस रिसेप्सनमा आयोजना गरिएको स्मार्ट गफ लन्चिङ कार्यक्रममा उक्त एपका सिईओ रमेश शाही, प्रबन्ध निर्देशक प्रमिला सिलवालको उपस्थितिमा वरिष्ठ हाँस्य अभिनेता मदन कृष्ण श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आइजिपि सर्वेन्द« खनालले संयुक्त गरेका थिए । स्मार्ट गफको जिंगल पनि सोही कार्यक्रममा प्रस्तुत गरिएको थियो । लन्चिङ कार्यक्रम पश्चात् सोही स्मार्ट गफको प्रयोजनका केन्दि«त रहेर थालनी गरिएको मोडल सुपरस्टार नामक मोडल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन गरिएको थियो । प्रोमोटिङ सोलुसनको ब्यानरमा प्रस्तुत गरिएको उक्त प्रतियोगितामा २९ जना युवतीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा डिजाइनरद्धय सजिना विष्ट तथा दुर्गा विष्ट र नमूना कलेज अफ फेसन टेक्नोलजीका ग्राजुएट डिजाइनरहरुले तयार पारेका विभिन्न पहिरनमा सजिएर सहभागि प्रतिस्पर्धी मोडलहरुले रनवेमा आफ्नो आकर्षक प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिलाई निर्देशन गरेका थिए संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले । प्रतियोगिताको अन्तमा सुष्मि खतिवडाले मोडल सुपरस्टारको ताज पहिरिन सफल भइन् भने उनले मल्टिमिडिया विधाको अवार्ड पनि प्राप्त गरिन् । प्रतियोगितामा पपुलर च्वाइस विधामा विजेता बनिन् अस्मिता बैंजु । फस्ट रनर अप मन्जु खड्का छनौट भइन् भने माही श्रीवास्तवले सेकेन्ड रनर अपको ताज पहिरन् ।

अर्गनाइजर च्वाइस विधामा सृष्टि श्रेष्ठ र रफिना महर्जनलाई अवार्ड प्रदान गरिएको थियो । स्मार्ट गफ पपुलर च्वाइस तर्फ भने सविता भट्टराईले अवार्ड प्राप्त गरेकी थिइन् । प्रतियोगितामा सिम्रन भुजेल डिसिप्लीन र करुणा कार्की वेष्ट वाक विधामा विजेता चयन भएका थिए ।

कार्यक्रममा गायकहरु आनन्द कार्की, कमल खत्री, विनोद ढकाल, गायिका मेलिना मैनालीले आ आफ्नो चर्चित गीतहरु सुनाएर कार्यक्रमलाई साँगीतिक माहौल प्रदान गरेका थिए भने अभिनेता किरण के.सी. र गायक यमन श्रेष्ठले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय