Thursday 7 December 2023 / बिहीबार, २१ मंसिर २०८०

बर्दिया — शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार राति करिब सात बजे गुलरिया नगरपालिका—११ का ६० वर्षीय ईस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका खाँलाई उपचारका लागि बाँके नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुधिरराज शाहीले बताए । प्रहरी उपरीक्षक शाहीले भे ७ प ८६०४ नम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका—९ का सुकदेव थारुलाई नियन्त्रणमा लिइ कारबाही चलाएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय