Thursday 7 December 2023 / बिहीबार, २१ मंसिर २०८०

विराटनगरमा २५ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कारको आरोपमा प्रहरीले विराटनगरबाट तीनजना यातायात मजदुर हुन्।

पीडितले दिएको किटानी जाहेरीका आधारमा बलात्कार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका ११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय एक बालक छन् ।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् भने चौहान सहचालक हुन्। १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीको भनाइ छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बलात्कार आरोपमा तीन जना यातायात मजदुर पक्राउ पुष्टि गरे । सफारीमा यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ गरी ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डीएसपी दाहालले दिए।

डीएसपी दाहालकाअनुसार पार्किङ गरेर राखेको दुइटा ट्रकको बीचमा रहेको खाली ठाउँमा युवतीमाथि सामूहिक बलात्कार गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय