
सौन्दर्यकलामा क्रियाशिल सौन्दर्यकर्मीहरुको व्यक्तित्व, बौद्धिकता र सुन्दरतामा केन्दि«त सौन्दर्य प्रतियोगिता एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस् ग्लोरियस ब्युटीसियन नेपाल २०२३ को प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा मिस तर्फ कृष्मा कुँवर र मिसेस् तर्फ सोलिना लामाले विजेताको ताज पहिरिन सफल भएका छन् । प्रतियोगितामा मिस तर्फ अरुणा पुरी फस्ट रनर अप तथा विनिता काफ्ले फस्ट रनर अप तथा मिसेस् तर्फ प्रिना राई गुरुङ झरना काफ्ले सेकेन्ड रनर अप विजेता चयन गरिएका हुन् ।
करुणाज् ब्युटी पार्लर एण्ड टे«निङको सहकार्यमा एभरेष्ट इभेन्टस्द्धारा आयोजना गरिएको सो प्रतियोगितामा कृतिका गिरी र संगम शर्मा ब्रान्ड एम्बेसडर, क्रान्ति घिमिरे अर्गनाइजर च्वाइस तथा सरिता पत्र वंश ब्युटी विथ ब्रेन विधामा विजेता छानिएका थिए । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको सो प्रतियोगितामा आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको थियो ।