Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

मोडलिङ प्रतियोगिताका रुपमा संचालन गरिएको मिष्टर एण्ड मिस मोडल अफ द इयर २०२३ को फाइनल प्रतिस्पर्धामा अभिषेक बानिया र युस्ना दृष्टि मगर विजेताका रुपमा छानिएका छन् । प्रतियोगितामा विराज परियाल र सलिना तामाङ फस्ट रनर अप तथा लक्षु श्रेष्ठ र झरना अधिकारी सेकेन्ड रनर अप बन्न सफल भएका छन् । प्रतियोगितामा पासाङ शेर्पा र रिकिशा खड्का ब्रान्ड एम्बेसडर तथा विशाल तामाङ र अर्जिशा थापा अर्गनाइजर च्वाइस अवार्डका विजेता छानिएका थिए । एन्जिला महर्जनले भने ब्युटी विथ ब्रेन विधाको अवार्ड जित्न सफल भइन् ।

एभरेष्ट इभेन्टस्को ब्यानरमा संचालन भएको सो प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको थियो । प्रतियोगितामा आर्शु महर्जन र सुगन्धा अधिकारी कोरियोग्राफी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय