हिमालयन मुभिज प्राडक्सन हाउसद्धारा आयोजना गरिएको मिसेस् मंगोल नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । मंगोलियन महिलाहरुमा रहेको क्षमता, प्रतिभा प्रष्फुटन गराउने र कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा नुवाकोटकी सरिता गुरुङले विजेताको ताज पहिरिन सफल भएकी छिन् । विजेताको चाँदीको ताज पहिरिएकी सरिताले हङकङ टुर प्याकेज पनि प्राप्त गरेकी छिन् । प्रतियोगिता उनले मोस्ट इन्टेलिजेन्ट र भ्युअर च्वाइसको अवार्ड पनि जितेकी छिन् ।
प्रतियोगितामा बेस्ट फोटोजेनिक, मस्ट पपुलर र पब्लिक भिडियो च्वाइस अवार्ड सहित सुनी साम्सुहाङमा फस्ट रनर अप तथा मोस्ट इनर्जेटिक अवार्ड सहित सेकेन्ड रनर अपमा मिङडोमा शेर्पाले उपाधि हासिल गरेकी छिन् । ९ औं संस्करणको यो प्रतियोगितामा रोजी ब्लोन मोस्ट चार्मिङ, टेनिसा राना मगर मोस्ट डिलिजेन्ट, सन्जु मेयोङवा तावा मोस्ट स्मार्ट, मन्जिला राई मोस्ट डिसेन्ट अवार्ड जित्न सफल भएका थिए । कार्यक्रमको कोरियोग्राफी चर्चित कोरियोग्राफर हिमानी सुब्बा गरेकी थिइन् ।