Thursday 12 September 2024 / बिहीबार, २७ भाद्र २०८१

झापा, पछिल्लो समय झापामा मोबाइल चोरीका घटनामा बृद्धि भएको छ । चोरी गर्ने गिरोहले बिर्तामोडसहित विभिन्न क्षेत्रमा मोबाइल चोरी गर्ने गरेको स्थानीयले बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा मोबाइल चोरीका घटनाका उजुरी पर्ने क्रम बढेको छ । २०८० असार १ गतेबाट भदौ ३१ गतेसम्ममा ४५ वटा मोबाइल चोरी भएको उजुरी दर्ताा भएका छन् ।
त्यस्तै सोही अवधिमा ४९ वटा मोबाइल हराएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

तीन महिनाको अवधिमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको तथा १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले बराामद गरेको सात र फेला पारेको ११ थान मोबाइल सम्बन्धित धनीलाई
हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय अनारमनीको तथ्याङ्कमा उल्लेख रहेको आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय