Thursday 7 December 2023 / बिहीबार, २१ मंसिर २०८०

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादी सर्देवामा कम्पनीको ट्रस बनाउने क्रममा खसेर कामदारको मंगलबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु महाराजगन्ज नगरपालिका–६, सहरनिया बस्ने ३० वर्षीय इजमानन खान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । खान अन्दाजी २२ मिटर माथिबाट खसेका हुन् ।

घाइते भएका खानलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सर्देवाले थप अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय