Thursday 7 December 2023 / बिहीबार, २१ मंसिर २०८०

मोरङको पथरीशनिश्चरेमा शंकास्पद मृत्यु भएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।

पथरीशनिश्चरे नगरपालिका १ हुमानचोकमा परिवारसहित डेरामा बस्दै आएकी अन्दाजी २५ वर्षीया चाँदनी चौधरीको शव ओछ्यानमा सुतिरहेको अवस्थामा सोमबार दिउँसो २ः४५ बजेतिर भेटिएको हो ।

मृतकको घाँटी कसेको र टाउकोमा कुनै वस्तुले प्रहार गरेजस्तो देखिने चोट रहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने आशंका गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

उनका अनुसार हत्या गरेपछि शव लगेर ओछ्यानमा राखिदिएको वा ओछ्यानमै घाँटी कसेर र कुनै वस्तुले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने दाहालले बताए ।

कोठा भाडामा लिएर चाँदनीसहित उनका पति अन्दाजी ३५ वर्षीय मुकेश चौधरी र २ नाबालक छोराहरू बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरको ओछ्यानमा सुतिरहेको तथा शरीरमा चोटपटक रहेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनालाई शंकास्पद लिएको छ । शवलाई पोस्टमार्टमका लागि पठाएर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय