नेपाली समाजको गौरवमय परिचय भनेको साँस्कृतिक विविधता हो । यही परिचयलाई फरक रुपमा र विस्तारित दायरामा सम्बद्र्धन र प्रवद्र्धन गर्ने हेतुले गत वर्ष देखि आयोजना हुन थालेको साँस्कृतिक सौन्दर्य प्रतियोगिता हो, मिसेस् नेपाल कल्चर । यस प्रतियोगिता दोस्रो संस्करण राष्ट्रिय नाचघर जमलमा बुधबार भव्यता पूर्वक सम्पन्न भएको छ । फेसनलाई भन्दा मौलिकता र ग्ल्यामरलाई भन्दा शालीनतालाई प्राथमिकता दिंदै प्रस्तुत गरिएको सो प्रतियोगितामा डा. ओजस्वी शेरचनले मुख्य उपाधि जितेकी छिन् । उनी पब्लिक च्वाइस विधाको विजेता बनिन् । ओजस्वीलाई प्रतियोगिताका ब्रान्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणाले विजेताको ताज पहि¥याएकी थिइन् ।

प्रतियोगितामा डा. अंकिता ठाकुरले फस्ट रनर अप संगै डाइनामिक विधाको अवार्ड आफ्नो नाममा पार्न सफल भइन् भने शुष्मा बस्नेतले सेकेन्ड रनर अप उपाधि जितिन् । थर्ड रनर अप तर्फ श्रेया ढुंगाना र फोर्थ रनर अपमा नीरा तामाङ विजयी छनौट भएका थिए । नीराले इन्टिलेक्चुयल विधामा पनि आफ्नो नाम दर्ता गरिन् । विजेता सबै जनाले मिना बजार र यचु हेयर ओयलबाट एक्सक्लुजिभ गिफ्ट प्राप्त गरेका थिए ।

युजिशा इन्टरनेसनल इभेन्टस्का सानु खान इभेन्ट म्यानेजर रहेको सो प्रतियोगितामा ट्यालेन्ट विधामा सुलोचना श्रेष्ठ जोशी विजेता, सुजाता खनाल फस्ट रनर अप तथा अनु फुँयाल सेकेन्ड रनर अप चयन भएका थिए भने पब्लिक च्वाइस फस्ट रनर अप अनिता संग्रौला भेटवाल बनेकी थिइन् । अनिताले पर्सनालिटी विधाको अवार्ड पनि आफ्नो नाममा पारिन् । भ्युअर च्वाइसतर्फ पंकज अधिकारी विजेता बन्दा शुभद«ा गौतमा फस्ट रनर अप बनिन् । म्यानेज्मेन्ट च्वाइस तर्फ रेखा यादव, फोटोजेनिकमा रिचा पराजुली, कन्जिनियालिटीमा लक्ष्मी झा, एलेगेन्समा अर्चना अमात्य, डिलिजेन्टमा तुलसा पन्त, डिसेन्टमा कल्पना श्रेष्ठ, एक्टिभमा समी पौडेल, इनोसेन्समा दुर्गा कुमारी रावल र इन्थिुजियास्टिकमा ललिता डंगोलले उपाधि प्राप्त गरेका थिए ।

फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितामा मिस नेपाल २००५ सुगरिका के.सी., मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०१९ दुर्गा विसुराल, मिडियाकर्मी एवं समाचार प्रस्तोता मनोज जोशी, पर्यटन एवं एभिसियन क्षेत्रका संगीता रौनियार तथा खाल्डा एड इन्टरनेसनलका नेपाल प्रतिनिधि रिम्पल सिंह निर्णायकका रुपमा रहेका थिए ।


