Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

लामो समयको फेसन, मोडलिङ, ईभेन्ट र वेडिङ फोटोग्राफीमा अनुभव संगालेको क्याप्चर फोटोग्राफी फेसन ईभेन्ट आयोजकका रुपमा पनि उभिएको छ । हालै मात्र क्याप्चरले आफ्नो पहिलो ईभेन्टको शुरुवात गरेको छ । मोडल प्रतियोगिताको रुपमा संचालन गरिएको सो कार्यक्रमको शीर्षक एस अफ मोडल्स राखिएको छ । युवा युवती दुवैमा लक्षित यो प्रतियोगिताको पहिलो संस्करण जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन गरिएको हो । प्रतियोगिता रेहान गदाल र पूजा सिंह राजपुतले विजेताको अवार्ड उचाल्न सफल भएका छन् । यसैगरी भवेश खड्का र शिला नेपाली फस्ट रनर अप तथा रोने आले मगर र हेभन उपाध्याय अर्गनाइजर च्वाइस अवार्डका विजेता तय गरिएका थिए ।

प्रतियोगिताको अन्य मुख्य विधामा शिला नेपाली र भवेश खड्का फोटोजेनिक, रेहान गदाल रेहान गदाल र शिला नेपाली पर्सनालिटी, रुजल स्थापित र सिम्रिका खत्री वाक, भवेश खड्का फिजिक्स र पूजा सिंह राजपूत फिगर विधामा उत्कृष्ट ठहरिएका थिए । रेहान गदाल र स्तुति क्षेत्रीले ट्यालेन्ट अवार्ड प्राप्त गरेका थिए । प्रतियोगिताको कोरियोग्राफी रोहन श्रेष्ठ रहेका थिए । कार्यक्रम मिडियाकर्मी एवं विभिन्न टेलिभिजन रियालिटी शोका कहलिएका निर्देशक अमन प्रताप अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय