आगामी नोभेम्बर दोस्रो साताबाट थाइल्याण्डको बैंककमा सम्पन्न हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस् २०२३ का लागि नेपाली प्रतिनिधिहरुको चयन भएको छ । जस अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२३ का रुपमा आजमा महर्जन र मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३ का रुपमा लिली महर्जन विजेता रुपमा छनौट भएका हुन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा संचालन गरिएको जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३ अन्तर्गतको फाइनल प्रतिस्पर्धामा आजमा र लिलीले विजेताको ताज पहिरिन सफल भएका हुन् ।

प्रतियोगितामा मिसतर्फ दीपिशा तामाङ फस्ट रनर अप तथा पुर्णिमा शाही ठकुरी सेकेन्ड रनर अप छानिएका थिए भने मिसेस् तर्फ पुनम थापा लुईंटेल फस्ट रनर चयन भएकी थिइन् । प्रतियोगिता हेरिटेज् पेजेन्टस्का लागि नेपालको आधिकारिक संस्था ग्रीन आर्टस् मिडियाले आयोजना गरेको हो भने प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठ गरेकी थिइन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्ट ईप्लानेट पिटिई लिमेटेडको आयोजना संचालन हुँदै आएको छ । प्रतियोगिताले युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा तथा संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष राखेको छ ।


