Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

पुरुष सौन्दर्य प्रतियोगितामा आफ्नो वेग्लै पहिचान बनाउन सफल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो मिष्टर इन्टरनेसनल । यस पटक २०२३ को संस्करण भने दुई वटा सम्पन्न भएको छ । दुई वेग्ला वेग्लै देशमा तर एउटै शीर्षकमा । मिष्टर इन्टरनेसनल २०२३ कै शीर्षक यो प्रतियोगिता फिलिपिन्स र थाईल्याण्डमा सम्पन्न भएको छ । संयोगले एकै दिन अर्थात् गएको अक्टोबर २० तारिखमा । दुवै प्रतियोगितामा नेपाली युवाको सहभागिता रहेको थियो र संयोगले दुवै प्रतियोगितामा नेपाली सहभागिले मिष्टर कन्जिनियालिटीको अवार्ड जित्न सफल भएका छन् ।

गएको अक्टोबर २० तारिखमा मिष्टर इन्टरनेसनल २०२३ शीर्षकमा थाईल्याण्ड र फिलिपिन्स दुई छुट्टा छुट्टै प्रतिस्पर्धा सम्पन्न भए । फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा आयोजना भएको मिष्टर इन्टरनेसनल २०२३ मा नेपालको तर्फबाट अभिषेक चुँडालले सहभागिता जनाएका थिए । सोही दिन थाईल्याण्डको बैंकक शहरको ख्वाएङ ख्लोङ चानस्थित क्रिस्टल डिजाइन सेन्टर बलरुम सम्पन्न मिष्टर इन्टरनेसनल २०२३ मा भने नेपालका तर्फबाट प्रज्ज्वल ताम्राकारको सहभागिता रहेको थियो । यी दुवै प्रतियोगितामा अभिषेक र प्रज्ज्वल दुवैले मिष्टर कन्जिनियालिटीको अवार्ड जित्न सफल भएका थिए ।
फिलिपिन्समा सम्पन्न भएको मिष्टर इन्टरनेसनलमा सहभागिता जनाएका अभिषेक चुँडाल मिष्टर नेपाल २०२२ का फस्ट रनर अप हुन् भने उनी हिमालय एयरलाइन्स्का क्याबिन क्रु पनि हुन् । उनलाई ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.ई.ले सहभागि गराएको थियो । प्रतियोगितामा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि जित्न सफल भएका थिए ।

यता थाईल्याण्डमा सम्पन्न भएको मिष्टर इन्टरनेसनलमा सहभागिता जनाएका प्रज्ज्वल ताम्राकार मिष्टर नेसनल २०२३ का मिष्टर इन्टरनेसनल नेपाल विजेता हुन् । यस प्रतियोगितामा थाईल्याण्डका किम थितिसान गुडबमले मिष्टर इन्टरनेसनल २०२३ को उपाधि चुमेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय