Thursday 12 September 2024 / बिहीबार, २७ भाद्र २०८१

नेपालको इतिहासलाई हेर्ने हो भने परापुर्बकाल देखि नै नारी समुदायलाई दोस्रो दर्जाको रुपमा ब्यबहार गरेको पाईन्छ्।नेपालको सन्दर्भमा नारीको सम्बन्धलाई बिगतका बिभिन्न कालखण्डमा शासकहरुले गरेको ब्यबाहार र रितितिथिलाई अहिले सम्झिदा पनि बिरक्त लागेर आउछ्।तर नारीको तपस्या र बलिदानलाई सम्झेर आज आएर गौरवको अनुभुति पनि हुन्छ।जस्तो सुकै कालखण्डमा पनि आफ्नो अस्तित्व रक्षार्थ र नारीको अंहम भुमिका निर्वाह गरेको पाईन्छ्।धार्मिक दृष्टिकोणले होस वा सामाजिक दृष्टिकोणबाट होस महिलालाइ हेर्ने दृष्टिकोण पक्षपातपुर्ण रहिआएको छ। महिलालाई जीवनसाथि भन्दापनि यौनदासि र सेविकाको हैसियतमा हेर्ने गरिन्छ्। छोराछोरीको हेरचाह र घरायसी काममा नै जीबन बितेको हुन्छ्।त्यसैले अहिलेका सचेत महिलाले हजारौँ बर्षदेखिका चलनचल्ती ,मान्यता र त्यसले महिलाको मानसिक ,शारीरिक र सामाजिक अबस्थामा पारेको प्रभाव बारे लेख्नु, बोल्नु पर्छ्।यो चलनले परेको प्रभाव र असरलाई हटाएर अगाडि बढ्न सक्ने अहिलेको हाम्रो मुख्य चुनौती रहेको छ्।हाम्रो समाजले महिलालाई मानवरुपमा नहेरी सती-सावित्री र पृथ्विका रुपमा हेर्ने गर्छन्।महिला सहनशील र शारीरिक रुपमा कमजोर हुन्छ्न भन्ने मान्यता कै आधारमा शिक्षित र आत्मनिर्भर महिलाहरु पनि घर भित्रै कामकाजमा केन्द्रित हुनुपर्ने मान्यता अहिले पनि समाजमा रहेको पाईन्छ्। निश्चय पनि हाम्रो समाजको दृष्ट्रीकोणमा परिवर्तन ल्याउनको लागि महिलावर्गलाई निकै ठुलो स्ंघर्ष गरिरहनु परेको छ्।म हाम्रो समाजलाई प्रश्न गर्न चाहान्छु पुरुषले हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न हुने महिलाले नहुने किन ? म यो प्रश्नको जवाफ समाजको बुद्दिजिविबर्गबाट जान्न चाहन्छु।यति मात्र होईन कुनै क्षेत्रमा जब महिलाले आफ्नो क्षमता ,योग्यताको माध्यमबाट अघि बढ्न खोज्दा ब्यापक रुपमा टिका टिप्पणी र आलोचना हुने गरेको पाईन्छ्।यस्तो दृष्टिकोण र सोचमा हामिले परिवर्तन ल्याउन सक्नुपर्छ।यस्तो अबस्थामा रहेको हाम्रो देशमा बौध्दिक बहसमा महिला कहिले सह्भागिता हुने ? कहिले राजनीतिमा आफ्नो हिंसा खोज्ने? समाजका हरेक क्षेत्रमा महिलाले कहिले प्रतिस्पर्धा गर्ने ? त्यसैकारण देशको हरेक क्षेत्रमा महिलालाई समेटेर लिन सकेको खण्डमा मात्रै समाज र राष्ट्रको विकास हुन्छ भन्ने मान्यता बोकेर हिडेकि महिला हुँ।हाम्रो समाज अविकसितहरुको कारणले गर्दा महिलाहरुको आबस्यकता र महत्वलाई आत्मसात् नगरी पृतिसत्ता भित्रै रहेर सोच्नु र ब्यबहार गर्नु नै प्रमुख कारण हो।नेपालमा २०४७ साल २०६३ र २०७२ को संविधानले गरेको सबैधानिक ब्यवस्थाले नारीको हकहरुलाई धेरै – थोरै स्थापित गरेको छ्।जुन सराहनिय छ्।मुलुकमा भएको पटक – पटकका परिवर्तनबाट र कानुनले गरेको ब्यबस्थालाई कतिपय महिला दिदिबहिनिहरुले बुझ्न नसकेको देख्दा दु:ख लाग्छ।हामिले आफ्नो हक-अधिकार उपभोग गर्न सक्नुपर्छ्।आज समाजका हरेक क्षेत्रमा पुरुष सरह महिला संक्षम छन भन्ने कुरा हामि महिलहरुले आफै पृष्टी गर्नुपर्दछ्।यस्तो कुरामा पनि पुरुषको भरपर्ने प्रवृत्ति हावि भयो भने हामि महिला अझै १०० बर्षपछि पर्ने खतरा मैले देखेकि छु।म विकट कर्णालि प्रदेश जस्तो ठाँउमा जन्मे , हुर्केकि महिला हुँ तर मैले आफुलाई कहिल्यै पनि विकट ठाउँको मान्छे भनेर आफुलाई कमजोर ठानिन्।सानै उमेर देखि म केहि गर्न सक्छु भन्ने आँट र स्वाभाव भएकि महिला हु।राष्ट्र र जनताको हितमा स्वाभाबैले म राष्ट्रवादी सोच भएकि मात्र होईन गरिब , दिनदुखिहरुको सुखदुख स्ंगै सहकार्य गर्न रुचाउने स्वाभावकि महिला हु।दुख र स्ंघर्ष स्ंग डराएर भाग्ने मान्छे जिबनका हरेक क्षेत्रमा असफल हुने गर्दछन्।मैले आजसम्मको जीबनमा कठोर संघर्ष गरेकि छु।आज त्यहि संघर्षको कारणले मैले जिबन जिउन सिकेकि छु र त संसारलाई राम्ररी चिन्ने, जान्ने र बुझ्ने अवसर पाएकि छु।पारीवारिक जिबन र विध्याथि जिबनका तितामिठा अनुभवले मेरो जिबनको प्रेरणादायी श्रोत्रका रुपमा जिबन उपयोगी रहेको छ्।केहि समय अगाडि काठमाडौं मा सिजन मिडियाले आयोजना गरेको `Mrs Beauty Queen Nepal 2020´ को प्रतिस्पर्धा मा सह्भागी हुने सु-अवसर प्राप्त गरेकी थिए। प्रतिस्पर्धा मा सहभागी हुन पाँउनु मेरो लागि अत्यन्तै गौरवको बिषय थियो।तर मेरो सहभागितालाई कतिपयले सहज रुपमा नलिएको देख्दा कता कता मन दुखि हुन्छ्।तर अझैपनि महिला दिदिबहिनिहरुको फराकिलो सोच निर्माण हुन नसक्नु समग्र नारीबर्गको असफलता हो भन्ने मलाई लाग्छ।जब मैले `Mrs Beauty queen मा सहभागिता जनाए अधिकांशले रुप र सौन्दर्यलाई मात्र मुख्य आधार बनाएको देख्दा अझै कतिपय मान्छेमा ज्ञानको अभाब देखिरहेको छ्। Mrs Beauty queen भनेको रुप र अनुहार को प्रतिस्पर्धी मात्र होइन त्यहाँ ज्ञान, बिज्ञान, बुध्दि विवेक, योग्यता , क्षमता र कला समेतको ध्यान दिने गरिन्छ्। त्यस कारण Mrs Beauty बिच प्रतिस्पर्धा आफैमा अत्यन्तै कठोर संघर्ष र कठिन यात्रा हो।यो प्रतिस्पर्धा बाट मैले जिबनमा निकै ठुलो शिक्षा प्राप्त गरेकि छु। कुनैपनि प्रतिस्पर्धा मा हारजित स्वाभाविक रहन्छ्।हो म यो Beauty pageant को विजेता बन्न सफल भए।यसमा मलाई खुसि लाग्नु स्वाभाविक नै हो।मलाई विजेता बनाउने आस्था सम्म पुर्याउनु हुने मेरा हजारौँ हजार इष्टमित्रहरु , शुभचिन्तक साथिहरु र दाजुभाई तथा दिदिबहिनिहरुको ठुलो सहयोग रहेको छ् । सहयोगी सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दछु।वास्तवमा जब म mrs beauty queen 2020 नेपालको विजेता भए एकातिर हर्षले गौरवको अनुभुति भयो अर्को तर्फ आफुमाथि ठुलो जिमेवारी र दायित्व बोझ भएको महसुस भयो।एकातिर अझैपनि संकिर्ण सोच पालेर बसेका समाजको केहि ब्यक्तिहरुको अज्ञानतालाई हटाउनु पर्ने नैतिक जिम्मेवार रहेको महसुस गरिरहेको छु। अर्को तर्फ महिला समुदायलाई मात्रै हैन सिंगो समाजलाई परिवर्तन गर्न सक्छन भन्ने संदेश प्रवाह गर्न सक्नु मेरो दायित्व रहेको छ्। विकट ठाउँमा जन्मेकि संघर्ष गरेको मेरो जिबनको यथार्थतालाई सत्यतामा परिणत गर्यो र मलाई सफल बनायो।सफलता संघर्ष भित्र लुकेको हुन्छ्।मेरो सफलताले समाजका हरेक क्षेत्रमा पुरुष सरह सम्पुर्ण काम गर्न सक्छु भन्ने आत्मबल र बिस्वास बढेको छ । राष्ट्र र जनताको सेवा नै मेरो जिवनको अन्तिम इच्छा र उद्देश्य भएकोले समाज सेवामा लागिरहेकि छु।आगामी दिनहरुमा समाज सेवामा समर्पित रह्दै मुलुक र जनताको भलाईमा सदैब कृयाशिल रहने छु। अन्तमा कोभिड – १९ को महामारी लाई परास्त गर्न सक्ने शक्ति सबैमा मिलोस र आफुपनि बाचौं, अरुलाई पनि बचाउँ भन्ने सबैमा आग्रह गर्न चाहन्छु।
!! धन्यवाद !!

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय