Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौँ, कात्तिक २५,वसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी ‘स्कुल एजुकेसनल लिडर अफ द इयर २०२३’ बाट सम्मानित हुनुभएको छ ।

सुविधासम्पन्न भौतिक पूर्वाधारमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको शैक्षिक संस्थाका प्रमुख डा. केसीको कार्यदक्षता, सफल नेतृत्व तथा सामाजिक–शैक्षिक कार्यका लागि उहाँलार्ई जापानबाट नेपाल एजुकेसन अवार्डबाट सम्मान गरिएको संस्थाले जनाएको छ ।
यसअघि क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले ‘प्राइड अफ एसिया अवार्ड’ लगायत दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । यसैबीच गत शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. केसीलाई ‘आउट स्ट्यान्डिङ एजुकेसन अवार्ड प्रदान गर्नुभएको हो ।

डा. केसीको नेतृत्वमा सञ्चालित साउथवेस्टन स्टेट कलेजले सन् २०२० मा भारतको नयाँ दिल्लीबाट अन्तर्राष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार कार्यक्रममा शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रिय केन्द्र तथा कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाजको संयुक्त आयोजनामा ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय अवार्ड’ पनि प्राप्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय