Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

नेपाली टिन मोडल अपेक्षा शेरचन ले भारतमा नेपलिज टिन फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेकी छिन् । करिब करिब ३ तीन बर्ष को ऊमेर देखि आफ्नो रूचि अनूसार स्टेज मा नृत्य गर्दै आएकी अपेक्षा ले तेस लगत्तै नृत्य संग संगै मोडलिङ र एकटिङ, बिभिन्न ब्यूटी पेजेन्ट को क्षेत्रमा सकृय रहदै आएकी अपेक्षा ले शुक्रबार राती भारत को दिल्लीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्राप्त गरेका हुन् । भारतको फेसन वेभ म्यागाजिन र शिवाय मिडिया नेटवर्कले कार्यक्रमको आयोजना गरेको हो ।

झण्डै दुई दर्जन चलचित्र र सिरिजहरुमा अभिनय गरेकी भारतीय कलाकार अमायरा दस्तुरले उक्त अवार्ड हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा दिक्पाल कार्कीले आईकोनिक नेपलिज फेसन मोडल अवार्ड र राजन बुढाथोकी ले डायनमिक नेपाली इभेन्ट अर्गनाइजर अवार्ड प्राप्त गरेका थिए ।

अपेक्षा ले कैयन राष्ट्रिय तथा २०१८ मा थाइल्याण्ड ईण्टरनेशनल फेस्टीभल फेसन शो मा समेत सहभागी जनाईसकेकी छिन् र कैयन पुरस्कार हरू हात पारीसकेकी छिन ।।

अपेक्षालाई हाल सम्म बिभिन्न फेसन मोडल किड्स अवार्ड २०१८ ,नेप्लिज फेसन होम द्वारा किड क्विन–२०१८ मा सोसल वेलफेयर चिफ एम्बासडर अवार्ड , किड्स एन टिन फेसन मोडल फस्ट रनर अप र मिस ट्यालेनट , एच एन्ड एम फेसन शो २०१९ बाट मिस ट्यालेनट, मिस अनलाईन पपूलारिटी, मिस अरगनाईजर च्वाईस , नई देरूनिखपू कोपिला बाल पुरस्कार २०७५ , बेस्ट किड्स मोडेल अवार्ड २०२० , स्पर्श म्युजिक भिडियो अवार्ड २०२० , पेजेन्ट नेपाल ईण्टरनेशनल अवार्ड बाट बेस्ट इन्टरनेशनल फेसन मोडल प्रिटिन अवार्ड २०२१ , नेप्लिज फेसन होम द्वारा स्पेशल किड क्विन नेपाल २०२२ र अरू पनि बिभिन्न अवाई र सम्मान पत्र हरू हात पारीसकेकी छिन ।।

हालसम्म उनले ३ दर्जनभन्दा बढी स्टेज कार्यक्रममा आफ्नो नृत्य प्रस्तुती दिइसकेकी छिन् ।। विभिन्न सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता तथा फेसन शोहरुमा समेत उनले कैयन पटक सहभागिता जनाएर विभिन्न अवार्ड तथा प्रमाणपत्रहरु पाइसकेकी छिन् ।

अपेक्षाले केही म्युजिक भिडियोहरुमा पनि अभिनय गरीसकेकी छिन् भने पछिल्लो पटक को चाइल्ड भरजन “रूदा-रूदै” को अभिनय मा ऊनी सर्वाधिक मन पराईएको थियो ।

अपेक्षाले थाईल्याण्ड इन्टरनेशनल फेस्टिभलमा आयोजित फेसन शोमा समेत सहभागिता जनाई सकेकी छिन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय