नेपाल कम्युनिष्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्याइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।
मंगलबार दिएको उक्त निवेदनको पेशी बिहीबार तोकिएको र केहीबेरमा पेशी सार्वजनिक हुने सर्वोच्च प्रशासनले जनाएको छ।
नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिर गरेका थिए ।
नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै प्रचण्डले पुनरावलोकनको माग गरेका छन्।


